सुनाखरी न्युज / काठमाडौं – नेपालमा चर्चित मोबाइल गेम पब्जीमाथि प्रतिबन्ध लगाउन फेरि संसदमा माग उठेको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा लोसपा सांसद रामप्रकाश चौधरीले नेपालमा अनलाइन गेम पब्जीमाथि प्रतिबन्ध लगाउन माग गरेकी हुन । यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् ।
यसअघि पनि बेलाबेलामा सांसदले नेपालमा पब्जी, फ्रिफायर लगायतका मोबाइल बन्द गर्न माग राख्दै आएका छन ।