२०८१ आश्विन ८ , मंगलबार

बालेनको कविता : जब देशमा सबै मरेका हुन्छन्, एक जनाले सास फेरेर देखाउनुपर्छ

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ले लिएका पछिल्लो केही कदमले उनको चर्चा बढेको छ ।

आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नेदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनेसम्मका उनका निर्णयलाई हरेक नेपालीले साथ दिएका छन् । दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश एक संवाद हटाउन उनले अल्टिमेटम नै दिएका थिए ।

 

आफूले दिएको समय सीमा भित्र फिल्मको संवाद नहटेपछि बालेनले काठमाडौंमा सम्पूर्ण भारतीय फिल्मको प्रदर्शन नै रोकेका छन् । अहिले उनले एक कविता लेख्दै आफू नेपाल देशको नागरिक भएको जिम्मेवारी पूरा गरेको बताएका छन् ।

 

उनले लेखेको कविता यस्तो छ

जब देशमा सबै मरेका हुन्छन् ,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ,
की, म बाचेको छु ।

मेरो देशलाई कसैको गुलाम नभई , देश मानेको छु ।
म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु ।
मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन ,
तर मेरो देशलाई, देश त ठानेको छु ।