२०८१ आश्विन ८ , मंगलबार

अर्जुन र दुर्गा बन्ने बुवा आमा

 

सुनाखरी न्युज / काठमाडौं  -अर्जुन पोखरेल र दुर्गा खरेल आमा बुवा बनेका छन्। सोमबार धापासीस्थित ग्राण्डी अस्पतालमा दुर्गाले छोरीलाई जन्म दिएकी हुन्। उनीहरूले छोरीको नाम अदिरा जुराएका छन्।

 

आज इन्टरनेसनल फादर्स डेको दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरें। यो अवसरको लागि मेरी प्यारी जीवनसंगिनी दुर्गा खरेललाई धन्यवाद।उनले शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिएका छन्।

 

अर्जुन पोखरेल पछिल्लो समयका चर्चित संगीतकार हुन्। अहिले यो जोडी लाई सामाजिक सञ्जालमार्फत बधाई दिनेको ओइरो लागेको छ । अर्जुन र दुर्गाले गत २०७७ असारमा केही वर्षको प्रेमलाई विवाहमा परिणत गरेका थिए ।