२०८१ पुष २८ , आइतवार

शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने ?

 

सुनाखरी न्युज  / काठमाडौं –  पानी हाम्रो शरीरको लागी नभई नहुने पदार्थ हो । पानी बिनाको संसार कल्पना पनि गर्न सकिदैन किनकी पानी बिना यो सन्सार  दिन पनि चल्न सक्दैन ।हाम्रो शरीरमा पानीको ठुलो भुमिका रहेको हुन्छ । चिकित्सकहरुका अनुसार गर्मीयाममा डिहाइड्रेशन हुनु सामान्य कुरा हो । डिहाइडे्रशन अर्थात शरीरमा पानीको कमी हुनाले लू लाग्नुको साथै किड्नी, पाचनसहित अन्य विभिन्न अंगमा समेत समस्या हुन्छ ।

हामिले स्वास प्रस्वास  गर्दा पनि पानीको कणहरु निस्कने गर्छ यो हामी गर्मीको सिजनमा देख्न सक्दैनौं तर जाडोको सिजनमा स्वास प्रस्वास गर्दा एक बाफ जस्तो देखिन्छ यसले पनि प्रस्ट रुपमा बुझाउद्छ की पानी हाम्रो शरीरको प्रत्येक कण कण मा चाहिन्छ ।शरीरमा पानीको कमी भएको छ कि छैन भन्ने कुरा सबैले थाहा पाउन आवश्यक छ ।

 

केहि सामान्य लक्षणको आधारमा शरीरमा पानीको कमी भएको कुरा थाहा पाउन सकिन्छ । पानीको कमिका कारण तपाईँको अनुहार र आँखा सम्बन्धि विभिन्न समस्या देखिन सक्छ ।

बारम्बार प्यास लाग्नु ।
गाढा पहेँलो र गन्धयुक्त पिसाब लाग्नु ।
सामान्यभन्दा कम पटक पिसाब लाग्नु ।
रिँगटा लाग्नु, कमजोर महसुस हुनु ।
मुख, ओठ र जीब्रो सुख्खा भएको महसुस हुनु ।
आँखा सुख्खा र दुखेको महसुस हुनु ।
छाला अत्यधिक सुख्खा हुनु ।

 

एक पटकमा कति गिलास पानी पिउने?
धेरै मानिसहरुलाई यो लाग्न सक्छ, पानी जति बेला जसरी चाह्यो त्यति बेला पिउन सकिन्छ। तर त्यस्तो सोच्नु गलत हो। पानी पिउदा जहिले पनि बसेर बिस्तारै बिस्तारै पिउनु पर्दछ। पानीलाई मुखमा राखेर ३ देखि ४ सेकेण्ड यता उता घुमाएर पिउनु पर्दछ। उभिएर छिटो छिटो पानी पिउनाले किड्नीले पानी सही तरीकाले फिल्टर गर्न सक्दैन। एक पटकमा दुई गिलाससम्म पानी पिउनु उपयुक्त मानिन्छ।