२०८१ आश्विन ८ , मंगलबार

‘दर्पण छायाँ २’ अभिनेत्री साहराले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

सुनाखरी न्युज /  काठमाडौं –  तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साहरा कार्कीले इन्गेजमेन्ट ( टीकाटालो) गरेकी छन । यही फिल्मका डेब्यु कलाकार फिरोज तिमल्सिनासँग उनी केही समयदेखि प्रेम सम्बन्धमा छिन् ।फिरोज तिमल्सिनासँग उनले असार ३ गते अमेरिकामा औंठी साटासाट गरेकी हुन् । दुवैले इन्गेजमेन्टका तस्विरहरु सामाजिक सञ्जालमा सेअर गरेका छन् । साहराले ‘हाम्रो सधैंभरिको सुरुवात’ भनेर उल्लेख गरेकी छन् ।

 

गत वर्ष फिरोजले साहरालाई औंठी लगाइदिँदै बिहेको प्रस्ताव राखेका थिए । ‘दर्पण छायाँ २’मा काम गर्ने क्रममा उनीहरुबीच प्रेम अंकुरण भएको थियो । फिल्ममा साहराको जोडी अभिनेता पुष्प खड्कासँग बाँधिएको थियो भने फिरोज उनीहरुको घनिष्ट साथीको भूमिकामा थिए । यही फिल्ममा काम गर्न साहरा अमेरिकाबाट नेपाल आएकी थिइन् ।

 

‘दर्पणछाया २’ मा सहाराको शीर्ष भूमिका थियो । फिल्म असफल भएपछि उनी अमेरिकातिर लागिन् । फिरोज भने नेपालमा रहँदा भ्वाइस अफ नेपाल र नेपाल आइडलजस्ता टिभी रियालिटी शोमा व्यस्त थिए । उनीहरुले केही म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । आगामी महिना उनीहरुबीच विवाह हुने स्रोतले जनाएको छ ।