२०८१ पुष २६ , शुक्रवार

अमेरिकाले गुमायो चौथो विकेट, करणले लिए चारवटै विकेट

सुनाखरी न्युज  / काठमाडौं – अमेरिकाले १८ रनको कूल स्कोरमा चार विकेट गुमाएको हो । चौथो विकेट पनि करण केसीले नै लिए ।

 

करणले चौथो विकेटका रूपमा नस्थुस केन्जिगलाई आउट गराए । नस्थुस केन्जिग एक रनमै पेभेलियन फर्किए । उनलाई करणले आरिफ शेखमार्फत क्याच गराएका हुन् । करणले यसअघि अमेरिकाका कप्तान एरोन जोन्सलाई दुई रनमा पभेलियन फर्काए । करणले कुशल भुर्तेलमार्फत जोन्सलाई क्याच गराएका थिए । सुरुदेखि नै नेपाली बलरहरुको दबाबमा परेको अमेरिकाले आठौँ ओभरको पाँचौँ बलमा तेस्रो विकेट गुमाएको हो ।

यसअघिको दुवै विकेट पनि करण केसीले लिएका हुन् । उनले पहिले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई चार रनमा एलबीडब्लू आउट गराए । त्यसलगत्तै उनले सैतेजा मुकामल्लालाई शून्य रनमै पभेलियन फर्काए । करणले तेस्रो नम्बरमा क्रिज समाल्न आएका सैतेजलाई आरिफ शेखद्वारा क्याच गराएका थिए । करणले दोस्रो ओभरको पाँचौँ र छैटौँ बलमा विकेट लिएका थिए ।

नेपालले टस जितेर अमेरिकालाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । एकदिवसीय विश्वकपको छनोट खेल जिम्बाब्वेमा भइरहेको छ ।