२०८१ आश्विन ८ , मंगलबार

मिस इन्टरनेसनल टोकियोमा हुने, नेपालबाट प्रसिद्धि शाह जाने

सुनाखरी न्युज/ काठमाडौं । मिस वल्र्डपछि विश्व प्रतिष्ठित अर्को सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको ६१ औं संस्करणको मिति घोषणा भएको छ । मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाह सहभागी हुने छिन ।

 

प्रतियोगिता जापानको टोकियोस्थित योयोगी राष्ट्रिय व्यायामशालामा हुने जनाइएको छ । मिस इन्टरनेसनलले प्रसिद्धिलाई पहिलो मिस नेपाल रुबी राणाको छोरीको रुपमा चिनाएको छ । ‘ मिस इन्टरनेसनलको प्रतिस्पर्धा प्रायः दशैं छेकोमा आयोजना हुने गर्छ । आफूलाई अन्तर्राष्ट्रिय पेजेन्टबाटै ‘इन्डोर्स’ गरिएपछि प्रसिद्धिले पनि इन्स्टाग्रामबाट खुसी व्यक्त गरेकी छन् ।

 

प्रसिद्धिले फिनालेमा नेपालको संस्कृति र बालबालिकासम्बन्धी एजेण्डालाई प्रस्तुत गर्ने जनाएकी छन् । यसका लागि प्रसिद्धिले जापानी भाषा सिकिरहेकी छन् । यसबाहेक जापानी संस्कृति पनि बुझिरहेकी छन् ।