२०८१ मंसिर १२ , बुधवार

हलिउड अभिनेताले पूर्वपत्नीसँग मुद्दा जितेर पाएको लाखौं डलर दान गर्ने

सुनाखरी न्युज / काठमाडौं  – हलिउड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नीले लगाएको दुई आरोपमा सफाइ पाएका छन् । जोनिले आफूविरुद्धको मानहानिको मुद्दा जितेपछि एम्बरबाट जति रकम प्राप्त गरेका थिए, उक्त रकम उनले दान गरेका छन् । उनले उक्त रकम बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्नका लागि दान गरेका हुन् ।

 

डेपविरुद्ध उनकी पूर्वपत्नी हर्डले विभिन्न तीनवटा मुद्दा अदालतमा दायर गरेकी थिइन् । जसमध्ये दुई आरोप लगत भएको ठहर गर्दै अदालतले डेपलाई सफाइ दिएको छ । जोनि डेपले सेटलमेन्ट फण्ड दान गर्नका लागि पाँच वटा च्यारिटि छनौट गरेका छन्, जसमा मेक ए फिल्म फाउन्डेशन, द पेन्टेड टर्टल, रेड फेदर, मार्लन ब्रान्डोको टेटियारोआ सोसाइटी च्यारिटी तथा अमेजोनिया फन्ड एलायन्स समावेश छन् ।डेपले यी पाँच च्यारिटी संस्थालाई दुई लाख डलर दान गर्ने योजना बनाएका छन् ।

 

बिबिसीका अनुसार, एउटा अमेरिकी अदालतको जुरीले जोनी डेपले आफ्नो मानहानि भएकोमा क्षतिपूर्तिका लागि एक करोड ५० लाख डलर रकम पाउने आदेश दिएको छ।एम्बरले २०१६ मा जोनिसंग सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन् । जोनिले आफूलाई ड्रग्स र मदिरापान गरेको समयमा शारीरिक शोषण गरेको एम्बरको आरोप थियो ।वकिलको माध्यमबाट पूर्वपत्नीको मानहानि गरेको ठहरसहित अदालतले यस्तो आदेश दिएको हो ।यो मुद्दामा ६ साता सुनुवाइ चलेको थियो । जसक्रममा उनीहरूले एकअर्काविरुद्ध शारीरिक तथा भावनात्मक दुव्र्यवहारको आरोप लगाएका थिए ।