२०८१ मंसिर १२ , बुधवार

तपाइँले हेर्नुभयो काठमाडौं महानगरको नीति तथा कार्यक्रम ? यस्ता छन् गौरव र स्वर्णिम योजना (पूर्णपाठ)

Balen

सुनाखरी न्युज काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना, केही स्वर्णिम योजना घोषणा गरेको छ ।

गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री साँस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गर्ने मेयर शाहले बताएका छन् ।

महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ ।

 

त्यस्तै महानगरबासीको दैनन्दिनका समस्या समााधन गर्न, महानगरपालिकाको सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्न आवश्यक योजनालाई स्वर्णिम योजना भनिएको छ । महानगरका वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनाका रुपमा कार्यान्वयन गर्ने मेयर शाहले बताए ।