२०८१ आश्विन ८ , मंगलबार

भारतीय अभिनेत्री मुनमुन काठमाडौँमा

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय अभिनेत्री मुनमुन दत्त नेपाल आएकी छन् । उनले सामाजिक संजालबाट सार्वजनिक गरेको काठमाडौं घुमघामको तस्बिरबाट उनी नेपालमा रहेको अनुमान लगाउन सकिन्छ ।

 

पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर उनले सामाजिक संजाल मार्फत सेयर गरेकी छन् । जसबाट पनि उनी काठमाडौमा रहेको अनुमान गर्न सकिन्छ । दत्त पछिल्लो समय टीभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’को कारणले चर्चामा छिन् ।

 

उनी यो सिरिजमा बबिता जी पात्रको भूमिका निर्वाह गर्दै आएकी छन् । भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । दत्त चलचित्र र सिरियल अभिनेत्रीको अलवा मोडल पनि हुन् ।