२०८१ आश्विन ८ , मंगलबार

हजुरआमा भैसकेकी रविनाको आयुष्मान र आशिरमान गरिदिए धुमधामले बिहे

सुनाखरी न्युज/ काठमाडौं । आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीले आमा रविना देशराज श्रेष्ठको विवाह गरिदिएका छन् । विहीबार काठमाडौंको एक रिसोर्टमा भएको विवाह समारोहमा उनीहरुले बेहुलीको भेषमा सजिएकी आमालाई साथमा लिएर मण्डप पुर्‍याएका थिए ।

 

५३ बर्षिय रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विहिबार विवाह गरेकी हुन् । केही दिनअघि रविनाको निजी निवासमा मेहन्दी सेरेमनी भएको थियो । आमाको विवाहमा आयुष्मान र आशिरमान दुवै हर्षित देखिएका छन् ।

मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि गत पुषमा सामाजिक सञ्जालबाट प्रेमी सार्वजनिक गरेकी रविनाले गत फागुनमा प्रेमी च्यापम्यानसँग काठमाडौंको एक पाँचतारे होटलमा इन्गेजमेन्ट गरेकी थिइन् ।

 

हजुरआमा भैसकेकी रविनाले धुमधामले गरेको विवाहको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । रविनाका श्रीमान् च्यापम्यान बेलायती नागरिक हुन् । उनी लामो समयदेखि विश्व वन्यजन्तु कोषमा आबद्ध छन् । उनी आफ्नो छोरीसहित विवाहका लागि गत हप्ता नेपाल आएका थिए ।