२०८१ आश्विन ८ , मंगलबार

फिल्म हलमा आज देखि ‘अन्तिम संस्कार’

सुनाखरी न्युज/ काठमाडौं । नेपाली फिल्म ‘अन्तिम संस्कार’ आज देखि हलमा लागेको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मलाई एकल प्रदर्शनको मौका छ । यो अवसरलाई ब्यापारमा बदल्न फिल्मसामु सकारात्मक ‘वर्ड अफ माउथ’को खाँचो छ ।

 

हराएको एक फिल्ममेकरलाई खोज्न जड्याहा प्रहरी अधिकृतको नेतृत्वमा चलाइएको अप्रेसनको कथा प्रस्तुत गर्ने यो फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । १२२ मिनेट लामो यो फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी लगायतको अभिनय छ । फिल्ममा विजयले बाबु र त्रिचन्द्रले छोराको भूमिका निर्वाह गरेका छन् । सो क्रममा उसले हिमाली क्षेत्रको परम्परागत पद्धति र द्वन्द्वसँग संघर्ष गर्नुपर्छ ।

 

बाबु र छोराबीचको सम्बन्धको कथा पनि यसमा बुनिएको छ । विदेशी फिल्म वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले यसलाई देशब्यापी प्रदर्शन गर्न लागेको हो । साई प्रोडक्सनको ब्यानरमा ह्याम्साएर एकाउन्टेन फिल्म निर्माणमा सहकार्य गरेको छ । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ छन् । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको फिल्मको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् ।