२०८१ पुष १० , बुधवार

यो पटक किसानलाई अभाव नहुने, प्रधानमन्त्री दाहाल भन्छन्ः ७१ हजार टन मल मौज्दात छ

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै दाहालले गत वर्षको साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार टन रासायनिक मल आयात भएको बताए ।

उनले सोमध्ये ७१ हजार टन रासायनिक मल विभिन्न डिपोमा मौज्दात रहेको बताए । यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार टन डीएपी मल आउने दाहालको भनाइ छ । प्रधानमन्त्री दाहालले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने दाबी गरेका छन् ।

मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको र वितरणकार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएकाले सहजता भएको उनको भनाइ छ ।