२०८१ माघ २ , बुधवार

महेन्द्र मा वि घार्मीमा राेटरी क्लब अफ पोखरा न्यूराेडको सहयोग

शिशिर पाैडेल / पाेखरा । राेटरी क्लब अफ् पोखरा न्यूराेडले, पाेखरा १९ घार्मीमा रहेकाे महेन्द्र मा.वि लाई विविध सामग्री हस्तान्तरण गरेको छ।

 

विद्यालयमा आयोजित एक कार्यक्रमका बिच क्लवले विद्यार्थीका लागि स्टेशनरी सामाग्रि, सेनेटरी प्याड तथा पर्शनल हाइजिन किड सामाग्रीहरु प्रदान गरेको हो। क्लब अध्यक्ष गिता देवकोटा सिग्देलकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुष्ठ पाैडेल प्रमुख अतिथि रहनुभएकाे थियाे।

 

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाैडेलले राेटरी क्लबले विध्यालयकाे शैक्षिक विकासकाे लागि समय समयमा प्रदान गर्दै आएकाे सहयाेगले विद्यालयले ठूलो फड्को मारेको बताउनुभयो । उहाँले विध्यालयका विविध अावश्यकता माथि प्रकाश पार्दै राेटरी क्लबले भविष्यमा पनि यसरी नै विद्यालयको विकासमा उदारता दर्शाउने अपेक्षा राख्नु भयाे। त्यस्तै कार्यक्रममा बाेल्दै विध्यालयका प्रधानाध्यापक बासुदेव पाैडेलले विध्यालयकाे स्थिति , अवस्था र विविध अावश्यकता एंव शैक्षिक विकासका रचनात्मक संभावनाहरु माथि प्रकाश पार्नु भयाे । क्लवका अध्यक्ष गिता देवकोटा सिग्देलले विद्यालयको समग्र विकासका लागि विगतबाटै आफुहरुले सक्दो सहयोग गर्दै आइरहेको बताउनुभयो।

 

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष सुवास सिग्देल, सुवर्ण कोईराला , पशुपति शर्मा , प्रेशिडेन्ट नोमिनी दिपेन्द्र शर्मा, रोट रियन रामविक्रम अधिकारी ,मनिलाल शर्मा ,अनिल शर्मा , लक्ष्मी बस्नेत ,राेट्रयाक क्लब अफ् महेन्द्र मा वि का अध्यक्ष कृषल पाैडेल लगायतका वक्ताहरुले राेटरी क्लवले गरेको सहयाेग प्रति आभार व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा अध्यक्ष पौडेलले विद्यालयमा पुस्तकालय स्थापना, पुँजी वृद्धि का लागि आर्थिक सहयोग जुटाउन र विद्यार्थीका लागि पोशाक वितरणलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

 

विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि क्लवले पुर्व अध्यक्ष सुवास सिग्देलको पालादेखि नै विद्यालयलाई संरक्षकत्व दिदै आएको छ । विगत १० वर्ष देखि क्लवले महेन्द्र माध्यमिक विद्यालय सहित विभिन्न सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहेको क्लवले वताएको छ। रासस