२०८१ पुष २५ , बिहिवार

हिमालय एअरलाइन्स्द्वारा काठमाडौं–बेइजिङ–काठमाडौंको लागी नियमित उडान सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौं र बेइजिङबीचको नियमित उडान सञ्चालन गर्ने भएको छ । यस नयाँ सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ।

यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एअरलाइन्स्को विश्वास रहेको छ। काठमाडौं–बेइजिङ–काठमाडौं रुट जुन २४, २०२३ देखि हरेक शनिबार सञ्चालनमा आएकोछ।चीनका लागि नेपाली राजदूत, विष्णु पुकार श्रेष्ठ, दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एअरलाइन्स्को पहिलो उडानबाट बेइजिङको यात्रा गर्नुभयो ।

उनको उपस्थिति नेपाल सरकारको दुवै क्षेत्रको सुधार र पर्यटन विकासतर्फगहिरो ध्यानाकर्षणको प्रतीक पनि हो।यात्रुहरूले हिमालय एअरलाइन्स्मा हिमालयन आतिथ्यताको अनुभव गर्दै यस रुटमा यात्रा गर्न सक्नेछन्। एअरलाइन्स्को पहिलोउडान, एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानिय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङअन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो२ बजेर १५ मिनेटमा अवतरण हुने छ। उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ ।साथैबेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानिय समय अनुसार दिउँसोे ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण हुने छ।

हिमालय एअरलाइन्स्ले सुरक्षित, भरपर्दो र आरामदायी हवाई यात्रा प्रदान गर्दै आएको छ र काठमाडौं–बेइजिङ–काठमाडौं रुटद्वारा एअरलाइन्स्लेआफ्नो सञ्जाल विस्तार गर्दै प्रमुख गन्तव्यहरूबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। “काठमाडौं र बेइजिङ बीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छाँै । यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्नेहुँदाकोभिड–१९ को महामारीपछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्त्वपूर्र्ण छ।

”, एअरलाइन्स्का उपाध्यक्ष, विजय श्रेष्ठले बताउनुभयोे। यसनयाँ रुटले अन्तर्राष्ट्रिय बजारमा हाम्रो उपस्थितिलाई बलियो बनाउने मात्र होइन, व्यवसायिक र फुर्सदका यात्रुहरू दुवैका लागि सहज यात्राको विकल्प पनि उपलब्ध गराएको छ।” उहाँले थप्नुभयोे। यात्रुहरूले हिमालय एयरलाइन्स्को टिकटिङ्ग काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्नेछन् ।