२०८१ मंसिर १२ , बुधवार

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ५४ करोड

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएको छ । आइतबार सार्वजनिक गरिएको महानगरको बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको रहेको छ ।

 

नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले बजेट सार्वजनिक गरेकी हुन् । जसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

 

संघीय सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख रहेको छ भने प्रदेश सरकारको निशर्त अनुदान ८९ करोड ३६ लाख रहेको छ । यसका साथै आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुनेछ ।