२०८१ पुष १५ , सोमवार

भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् ।

 

सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो । ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो ।

 

मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ । ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।