२०८१ मंसिर ५ , बुधवार

गाेकर्णेश्वरमा आगलागी, दुई पसल खरानी

सुनाखरी न्युज/ काठमाडौं । काठमाडाैंकाे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको वर्कसपमा आगलागी भएकाे छ ।

 

आज बिहान भएकाे आगलागीका कारण एउटा रेस्टुरेन्ट र एउटा कस्मेटिक पसलमा क्षति पुगेको प्रहरीले जनाएकाे छ ।

 

आगलागीमा केही सवारी साधन पनि जलेका छन् । केहीबेरअघि आगलागी नियन्त्रणमा लिइएकाे छ ।