२०८१ पुष २८ , आइतवार

महानगरले बन्द गरायो डा. दिलजन मन्सुरको क्लिनिक

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको छ ।

 

मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि बन्द गराएको महानगरपालिकाको स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो । यो क्लिनिक डा.दिलजन मन्सुरले सञ्चालन गर्दै आइरहेका छन् ।

 

क्लिनिकमा उपचार गराउन आउने बिरामीसँग १० हजार रुपैयाँ शुल्क लिएर डा. मन्सुरले एक घण्टाको ‘लाइफस्टाइल मोडिफिकेन’ कक्षा दिने गर्थे । डा. मन्सुरले शुल्क बुझाएका बिरामीलाई एउटै कोठामा राखेर एक घण्टाको कक्षामा जीवनशैली र खानपान परिवर्तन गर्ने विधि सिकाउने गर्थे ।