सुनाखरी न्युज / काठमाडौं – बाल्यकालमा पर्याप्त क्याल्सियम प्राप्त भएमा भविष्यमा हड्डीसँग जोडिएका समस्या कम देखिन्छन । रिकेट्स नामक रोगबाट जोगिन पनि पर्याप्त क्याल्सियम आवश्यक हुन्छ । जसकारण, बच्चामा मांसपेशी दुखाइ पनि हुन्छ । यो रोगले बच्चाको हड्डी कमजोर बनाउँछ र हड्डीको विकास रोकिन्छ । जसकारण, बच्चामा मांसपेशी दुखाइ पनि हुन्छ । क्याल्सियमको कमी हुँदा छाला सुक्खा हुने, कपाल रुखो देखिने, खुट्टा वा हातका औँला झमझमाउने, दाँत कमजोर हुनेलगायत समस्या देखिन सक्छ ।हड्डी वा दाँतलाई मजबुत बनाउन बच्चालाई अत्यधिक क्याल्सियम आवश्यक पर्छ ।
एकदेखि तीन वर्षका बच्चाका लागि एक दिनमा झन्डै सात सय मिलिग्राम क्याल्सियम आवश्यक हुन्छ । त्यस्तै, चारदेखि आठ वर्षका बच्चाका लागि एक हजार मिलिग्राम क्याल्सियम चाहिन्छ । त्यस्तै, नौ वर्षभन्दा धेरै उमेरका बच्चाका लागि १३ सय मिलिग्राम क्याल्सियम चाहिन्छ । त्यही कारण बच्चालाई पर्याप्त मात्रामा क्याल्सियमयुक्त खानेकुरा खुवाउनुपर्छ ।डाक्टरले हाई क्याल्सियमयुक्त खाना खान सल्लाह दिन्छन् । बिहानको घाममा भिटामिन डी मिल्छ । त्यसैले बच्चालाई बिहानको घाममा केही समय राख्नुपर्छ ।
माछा
मांसाहारी हुनुहुन्छ भने माछा खाने गर्नुस् । यसमा भएको भिटामिन, खनिज र फोस्फोरस जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ ।
गेडागुडी
गेडागुडीले पनि हाड बलियो बनाउँछ । आहारमा यसलाई समावेश गर्नुस् ।
बदाम
बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा भएको क्याल्सियम, भिटामिन ई, ओमेगा ३ फ्याट्टी एसिड र फस्फोरस हुन्छ र यी तत्त्वले हाड बलियो बनाउँछन् । हुन त कमै मान्छेलाई मात्र फर्सीको तरकारी मन पर्छ तर यसका भएका केही पोषक तत्त्व अरू तरकारीमा पाइँदैन । फर्सीको बियाँमा फोस्फोरस प्रचूर मात्रामा पाइने हुनाले हाडलाई बलियो बनाउँछ ।
दूधजन्य पदार्थ : बच्चाको मस्तिष्क विकासका लागि दूधजन्य खाद्यवस्तु एकदमै लाभदायी हुन्छन् । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ, जसबाट दिमागको संकेत लिने र तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ । यसमा प्रोटिन र क्याल्सियम प्रशस्त मात्रामा पाइने भएकाले हड्डी र दाँत बलियो बनाउँछ ।
फलफूल र सागसब्जी : फलफूल र सागसब्जीका माध्यमबाट शरीरमा चाहिने आवश्यक प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, फाइबर र पानीको परिपूर्ति हुन्छ । यसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै सम्भावित रोगबाट समेत बचाउँछ ।