२०८१ आश्विन ८ , मंगलबार

शाहरुखसँगै चुरोट पिउने फ्यानको रहर

सुनाखरी न्युज  / काठमाडौं –  फिल्म दिवानाबाट शाहरुख खानले बलिउडमा डेब्यु गरेका  खानले हिजो ट्विटरमा फ्यानसँग संवाद  गरे । बलिउडमा डेब्यु गरेको ३१ औं वर्षगाठको अवसरमा आस्कएसआरके मार्फत उनी ट्विटरमा फ्यानहरुसँग जोडिए ।

 

३१ वर्ष अघिको फिल्मले शाहरुखलाई अडियन्ससँग जोड्ने मौका मिलायो। त्यही फ्यानहरुले उनलाई रोचक प्रश्नहरु गरेका थिए ।
अनि छलफलका लागि छुट्याए ३१ मिनेट। कुराकानी रोचक चल्दै थियो। एकजनाले प्रस्ताव राखे  ( सँगै चुरोट तानौ न )

 

शाहरुखले आफ्नै शैलीमा जवाफ फर्काए ( म मेरा खराब वानीजति एक्लै गर्छु ) । चार वर्षपछि यसै वर्ष शाहरुख खानको फिल्म पठान रिलिज भयो । पठान बक्स अफिसमा बलिउड इतिहासकै धमाकेदार फिल्मका रुपमा स्थापित भयो।