सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्था समृद्धि फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं शाखाको रुपमा शाखा कार्यालय खरेन्द्रपुर, कपिलवस्तुको समुद्घाटन कार्यक्रम सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाईनान्सका संचालक बिनोद कुमार सुबेदीले संयुक्त रुपमा गर्नु भयो ।
फाईनान्सको प्रमुख संचालन अधिकृत चूडामणि खनालले संचालनगनुर भएको उक्त कार्यक्रम संस्थाका संचालक बिनोद कुमार सुबेदीको सभापतित्वमा शिवराज नगरपालिकाका मेयर प्रमुख अतिथि रहनु भएको थियो । उक्तकार्यक्रममा मेयर अजयथापाले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ्ख कारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अब सो समस्याबाट यहाँकावासिन्दाले मुक्तीपा्ई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गर्नु भयो ।
संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाशपार्दै स्वागतमन्तव्य राख्नुभएको उक्त कार्यक्रममा, चन्दौटा उध्योग बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, शिवराजनगरपालिका वडा नं. ३ का वडाअध्यक्ष टेकलाल सापकोटा र वडा नं. ४ का वडा अध्यक्ष नसिम अहमद खाँ लगायतले खरेन्द्रपुर क्षेत्रमाबैकको आवश्यकता र महत्वको विषयमाआफ्नो धारण राख्दै यस ठाउँमा रहेको जनताअधिकांश कृषकहरु रहेको तथाउनीहरु कतिपयलाई कसरी वैकिङ्ख सेवालिने सो सम्बन्धमाजानकारी समेत नभएकोले कर्मचारीहरुले सो माथप सहजीकरण गरी साक्षारताको बिकास गर्दै वैकिङ्खदायरमाल्याई वैकिङ्ख सेवादिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिनु भयो ।
अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम वैकले आफ्ना सेवाहरुलाई परिमार्जन गर्दै गुणस्तरिय सेवादिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गर्नु भयो । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल तेह्र वटा पुगेको छ । संस्थाले अर्को बर्ष थपशाखाहरु प्निउद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यावसायकर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।