२०८१ पुष २८ , आइतवार

कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ ? यी हुन् घरेलु उपाय

सुनाखरी न्युज  / काठमाडौं –  कपाल पातलो हुँदै जानुलाई कपाल झर्नु भनिन्छ । कपाल कोर्दा हातमा दिनको पच्चीस, तीस ओटा भन्दा बढी कपाल झर्छ भने यो समस्या हो । महिलालाई कपाल झरेर या पातलो भएर तनाव हुन्छ भने पुरुषलाई तक्लु भएर समस्या हुने गर्छ ।कपाल धेरै कमजोर हुनुको एउटा प्रमुख कारण टाउकोमा पर्ने चाँया पनि हो । यसले कपाललाई धेरै कमजोर बनाइदिन्छ कपाल झर्ने समस्याबाट धेरै मानिसहरु चिन्तित हुन्छन् ।

 

युवामा अहिलेको प्रमुख स्वास्थ्य समस्या हो कपाल झर्नु । यसरी जवानी मै कपाल झरेपछि पुरुषकालागि यो ठूलो चिन्ताको विषय बनेको छ । विभिन्न कारणले कपाल झर्ने समस्या पैदा हुन्छ । तर, गम्भीर रोगका कारण कपाल झर्ने समस्यामा बाहेक घरेलु विधि अपनाएर यसको समाधान गर्न सकिन्छ ।

-अण्डामा प्रशस्त मात्रामा पाइने प्रोटिनले कपाललाई बाक्लो र बलियो बनाउँछ । यसका लागि एउटा अण्डालाई मज्जाले फिटेर पेस्ट बनाई नियमित रुपमा कपाल र तालुमा लगाएर केही मिनेटसम्म त्यत्तिकै राख्ने र पछि पखालेमा कपाल बाक्लो र चम्किलो हुन्छ ।

-एक गिलास पानीमा दुई चम्चा चिया हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस्। कपाललाई राम्ररी धोएर अन्त्यमा यो पानीले धुनुहोस्, त्यसपछि सफा पानीले कपाल पखाल्नुहोस्। यसबाट कपाल स्वस्थ, चम्किलो र बलियो बन्नेछ। कपाल झर्न रोकिनेछ।

 

-तोरी, नरिवल वा सस्र्युंको तेल तताएर हल्का मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

-मेथीको रसमा दही मिसाएर कपालमा लगाउने र करिब एक घन्टापछि पखाल्ने । यसले कपाल झर्ने समस्यासँगै चाया पर्नबाट समेत बचाउँछ ।

-प्याजलाई काटेर कपाल झरेको ठाउँमा नियमित मसाज गर्दा कपाल झर्न बन्द हुनुका साथै नयाँ कपालसमेत उम्रिन्छ ।