२०८१ मंसिर १४ , शुक्रवार

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

 

सुनाखरी न्युज / काठमाडौ  – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले उनलाई उनकै नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।ललितानिवासको जग्गा उनले भाटभटेनीको स्टोरको रुपमा प्रयोग गर्दै आएको बताइएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा अनुसन्धान गरिरहेको छ । आयोगले उक्त प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमक्तिसहित १७५ जनाविरुद्ध विशेष अदालतमा २०७६ मंसिरमा मुद्दा दायर गरेको छ ।

 

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएपछि उनलाई सिआईबीको टोलिले पक्राउ गरेको हो ।