२०८१ पुष २८ , आइतवार

स्याम्पुमा एलोवेरा जेल मिसाएर लगाउँदा हुन्छ कपाल सुन्दर

सुनाखरी न्युज / काठमाडौं । एलोवेरा जेलमा कैयौं त्यस्ता पोषक तत्वहरु पाइन्छन्, जो कपाललाई सम्पूर्णले विकास गर्न सहयोगी हुन्छ । आउनुहोस् जानौं स्याम्पुमा एलोवेरा जेल मिसाएर लगाउँदा हुने फाइदाहरुका बारेमा–

 

– तपाईंले नियमित प्रयोग गर्ने स्याम्पुमा एलोवेरा जेल मिसाएर कपाल धुँदा कपाल राम्ररी बढ्छ । एलोवेरा जेलमा पाइने भिटामिन ए र ईले कपाललाई भरपूर मात्रामा पोषण दिन्छ जसले गर्दा कपाल लामो हुन्छ ।

– स्याम्पुमा एलोवेरा जेल मिसाएर लगाउँदा टाउको चिलाउने समस्या पनि निको हुन्छ । यसले कपालको जरामा नमी दिने काम गर्छ ।

-त्यसैगरी यसरी एलोवेराको प्रयोग गर्दा कपालमा भएको चायाँको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । यदी तपाईंको स्याम्पुले चायाँ हटाएको छैन भने एलोवेरा जेल मिसाएर धुनुहोस् ।

 

– त्यस्तै यसरी एलोवेराको प्रयोग गर्दा कपाल कन्डिसनिंग हुन्छ । जसले गर्दा तपाईंले छुट्टै कन्डिसनरको प्रयोग गर्नु पर्दैन ।

– एलोवेरा जेलमा मौजुद पोषक तत्वले कपाललाई जरैदेखि बलियो बनाउँछ जसले गर्दा कपाल झर्ने समस्याबाट मुक्ती पाउन सकिन्छ ।एजेन्सी