२०८१ पुष २८ , आइतवार

कफीसँग खान नहुने खाद्य पदार्थहरु

सुनाखरी न्युज /  काठमाडौं –  कॉफी एक वनस्पति तथा यसबाट बनाइने पेयपदार्थ हो । कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेति दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ । कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ ।

 

सहरी क्षेत्रमा कफीको बढ्दो क्रेज चोक र गल्लीहरूमा बढेका कफी क्याफेको सङ्ख्याले पनि देखाउँछ नै। तर केही यस्ता पदार्थहरू छन् जुन कफीसँगै नखाए राम्रो हुने जानकारहरू सुझाव दिन्छन्। यहाँ त्यहीबारे चर्चा गरिएको छ ।

 

-कफीमा टेननेट्स नाम कम्पाउन्ड पाइन्छ जुन मिनरल्ससँग मिल्छ । मासुमा जिङ्कको राम्रो मात्रा पाइन्छ । यदि कफी र जिङ्क पाइने  खाद्य पदार्थ सँगै खायो भने शरीरको जिङ्क सोस्ने क्षमतामा कमी आउन सक्छ । त्यसले नकारात्मक असर त पर्ने नै भयो ।

 

-फ्राई गरिएका खाना शरीरका लागि त्यति लाभदायक हैनन्। अझ विशेष कफीसँगै फ्राई गरिएको खाद्य पदार्थ नखाए राम्रो। कफीसँगै  फ्राई गरिएका खाद्य सामाग्री खाँदा कोलस्टोर बढाउन सक्छ ।

 

– विशेष गरी खाली पेटमै कफी खाने बानी छ भने दूधसहितको कफी लिँदा ग्यास्ट्रिकको समस्या बढ्न सक्छ। कफीमा रहने क्याफिनसँगै दूध खाँदा त्यसले शरीरमा क्याल्सियम सोस्ने शक्तीमा नकारात्मक प्रभाव पार्छ। त्यसले शरीरमा क्याल्सियमको मात्रा पनि कम हुन सक्छ।