२०८१ पुष २८ , आइतवार

वर्षायाममा तपाईँको पनि कपाल झर्छ ? यस्ता छन् कपाल झर्नुका कारण

 

सुनाखरी न्युज  / काठमाडौं –  वर्षायाममा कपाल धेरै झर्छ भन्ने भनाई नेपालमा मात्र नभई भारतमा पनि प्रचलित छ । वर्षाका कारणले पनि कपाल अत्यधिक कमजोर हुन्छ । वर्षाको पानीको सीधा प्रभाव कपालमा पनि पर्छ । वर्षायामको मौसममा कपाल अति कमजोर भएको हुन्छ । त्यसैले हेयर केयर गर्न आवश्यक छ ।

 

कपालको हेरचाह सही तरिकाले भएको छ कि छैन भन्ने कुरा ध्यान दिनु आवश्यक छ । वर्षायाममा सकेसम्म पानीमा भिज्नु हुँदैन । पानी परेको समयमा आफ्नो कपाल भिज्नबाट बचाउनु पर्छ । पानी परेको समयमा बाहिर जानु परेमा छाता अथवा क्याप लगाएर मात्र जानु पर्छ ।

 

वर्षायाममा कपाल कसरी बलियो बनाउने भन्ने बारेमा केही जानकारीः

-यदि पानीमा भिज्नु भएको छ भने तुरुन्त आफ्नो कपालमा स्याम्पू गर्नु पर्छ । यसो गर्दा वर्षाको पानी कपालमा रहँदैन । पानीमा   भिजेपछि स्याम्पू लगाएन भने कपाल झर्न थाल्छ ।

– वर्षायाममा हेयर मसाज गर्नु अति आवश्यक छ । यसो गर्दा कपाल बलियो हुन्छ । हेयर मसाजका लागि आफूसंग भएका कुनै पनि     तेलको प्रयोग गर्न सकिन्छ । यसो गर्दा कपाल बलियो हुनुको साथै चम्किलो पनि हुन्छ ।

-वर्षायाममा कपाललाई कन्डिशनर गर्नु अति आवश्यक हुन्छ । यसो गर्दा कपाल नरम हुन्छ ।

-वर्षायाममा कपाल सुकाएपछि मात्र कोर्नु पर्छ । चिसो कपाल कोर्नाले कपाल टुक्रने खतरा बढी हुन्छ ।