२०८१ कार्तिक २१ , बुधवार

धान दिवसः कञ्चनपुरमा सिँचाइकै लागि सकस

सुनाखरी न्युज/ काठमाडौं ।गत वर्ष आज (असार १५) कै दिन महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भारतले महाकाली नदीबाट पानी छोड्दा यहाँको बेदकोट नगरपालिकामा रहेका सरोकारवाला निकायले धान दिवस मनाएका थिए ।

 

सिँचाइको नहरमा पहिलोपटक पानी आउँदा तत्कालिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नै धान दिवस मनाउन कञ्चनपुर पग्नुभयो । धान दिवस सकिएसँगै भारतले पानी नहरमा नियमित छाड्न अझैसम्म तयार भएको छैन् ।

करिब डेढ दशकअघिदेखि सुरु भएको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको २८ किलोमिटर मूल नहर बनिसक्दा पनि भारतीय पक्षले महाकाली सन्धिअनुसार उपलब्ध गराउनुपर्ने पानी दिन अझै तयार भएको छैन् ।

महाकाली नदीयता भीमदत्त नगरपालिका–९ बह्मदेवको नेपाल–भारत सिमानासम्म सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर र हेड रेगुलेटरलगायत संरचना गत वर्ष तयार गरेको थियो । लगत्तै भारतीय एनएचपिसीले सिँचाइको उक्त नहरमा पानी परीक्षण गर्दै अघिल्लो वर्ष असार १५ का दिन धान दिवस मनाउन पानी उपलब्ध गराए पनि त्यसयता निरन्तर हुन सकेन।

 

महाकाली सिँचाइ आयोजनाले मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी पु¥याउन पहल गरे पनि भारतीय पक्षले माथिल्लो तहबाट संयुक्त उद्घाटनपछि मात्रै नियमित पानी दिने भन्दै आलटाल गर्दै आएको छ । तेस्रो चरणअन्तर्गत २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ ।

कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रसमेतको गरी कूल ३३ हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन सुरु गरिएको आयोजनाको काम शुक्लाफाँटा नगरपालिकासम्म पुगेको छ ।

“यस वर्ष पनि आज पानी छाड्न आग्रह गर्दै निकै पहल ग¥यौँ”, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भू पण्डितले भन्नुभयो, “तर भारतीय पक्षले माथिल्लो निकायबाट आदेश नआइ दिन नसक्ने बतायो ।”

उहाँले केही दिनअघि स्थानीयस्तरमा भारतीय पक्षसित छलफल गरी आवश्यकताअनुसार पानी छाड्ने सहमति भए पनि अन्तिममा पानी दिन आनाकानी गरिएको बताउनुभयो । यता कञ्चनपुरमा अझै ३० प्रतिशत कृषकले मात्रै नियमित सिँचाइ सुविधा पाएको देखिन्छ ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का रामसिंह रानाले सिँचाइ सुविधा नहुँदा लामो समयदेखि आकाशे पानी कै भरमा खेती गर्नुपरेको बताउनुभयो । “बस्ती छेउछाउमा न नहर नत नदी नै छ ।” रानाले भन्नुभयो, “मोटरबाट पानी तानेर सिँचाइ सुविधा पु¥याउन धौ–धौ छ ।”

सिँचाइ सुविधा पु¥याउने भन्दै दशकअघि यहाँ नहर निर्माणका लागि सर्भेक्षण गरिए पनि नहरको निर्माण भने टुङ्गो अझै नलागेको उहाँले बताउनुभयो । त्यस्तै कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुँदै आएको जानकारी दिनुभयो ।

 

उहाँले यहाँ ७० प्रतिशत जमिन सिञ्चित हुने भए पनि कुलो र नहरबाट भने ३० प्रतिशत मात्रै सिँचाइ सुविधा पुगेको बताउनुभयो । “मौसमी र बेमौसमी वर्षा गरेर यहाँ ३९ हजार नौ सय ८८ हेक्टर जमिनमा सिँचाइ पुगे पनि नियमित सिँचाइ सुविधा भने १६ हजार हेक्टर जमिनमा मात्रै छ”, प्रमुख जोशीले भन्नुभयो, “२३ हजार हेक्टरमा आंशिक सिँचाइ सुविधा पुग्छ ।”

उहाँले अझै पनि यहाँ किसानमा लामो समयदेखि आकाशे पानीका भरमा सिँचाइ गरेर खेतीपाती गर्नुपर्ने बाध्यतामा रहेको बताउनुभयो । प्रमुख जोशीले यसअघि कञ्चनपुरमा एक लाख ९३ हजार मेट्रिक टन धान उत्पादन भएको भएको पनि जानकारी दिनुभयो ।

पछिल्लो समय यहाँका विभिन्न पालिकामा प्रदेश र सङ्घ सरकारको पहलमा सिँचाइका लागि बोरिङ गर्ने र ट्युवबेल निर्माणको काम भने अघि बढिरहेको छ ।रासस