सुनाखरी न्युज / काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स यूएईको चौथो विकेट लिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले सुस्त प्रदर्शन गर्दै चार विकेट गुमाएको छ । यूएईले भर्खरै कप्तान भृत्य अरविन्दलाई चौथो विकेटका रुपमा गुमाएको हो । उनी ४४ रन बनाएर आउट भएका हुन् ।
७५ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा ४४ रन बनाएका थिए । उनलाई गुल्शन झाले आउट गराएका हुन् ।ताजा अवस्थामा यूएईले २९ ओभरको खेल चलिरहँदा ४ विकेट गुमाएर ९८ रन बनाएर खेलिरहेको छ ।