सुनाखरी न्युज / काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बीच महत्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने बैकले विश्वास लिएको छ ।
प्रभु बैंककोतर्फबाटचिफमार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फ बाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखर राजवस्ताकोटी र निर्देशकपदम प्रसाद न्यौपानेको पनि उपस्थिति थियो । उक्त सम्झौता अनुरुप बैंकले वन्डर्स नेपाल प्रा.लि.को परिसरमाए.टि.एम, क्यु.आर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ ।
सम्पूर्ण सर्वसाधारण तथा ग्राहक महानुभावहरुले वन्डर्स नेपालप्रा.लि.अन्तर्गत काठमाण्डौको कमलादी स्थित स्काईवाक भ्यू टावरमागई आनन्दमय दृश्य अवलोकनगर्नुका साथैयस बैंकबाट प्रदानगरिने बैंकिङ्गसेवाको सुविधासमेत लिनसक्नुहुनेछ । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।