२०८१ पुष २८ , आइतवार

सलाद खाने सही तरीका

सुनाखरी न्युज  / काठमाडौं –  विभिन्न तरकारी र फलफूललाई स–सानो टुक्रा बनाएर काँचै खाइने परिकारलाई सलाद भनेर चिनिन्छ । जसबाट शरीरलाई चाहिने मुख्य भिटामिन र खनिज प्राप्त हुन्छ । यसलाई हामीले नपकाई खान सक्छौं ।

 

सलाद खानु स्वस्थकर मानिए पनि के सलादले शरीरलाई फाइदा गर्छप्याज, गोलभेंडा, काँक्रो, गाजर, स्याउ, अनार, केरा, अम्बा जस्ता केही फलफूललाई काटेर त्यसमा कागती र नुन मिसाएर तिनीहरुलाई बिहान अथवा बेलुकाको खानासंगै खानाले तपाईंले सलाद खाँदा प्राप्त हुने सबै प्रकारको फाइदा प्राप्त गर्न सक्नु हुन्छ भन्ने सोच्नु हुन्छ भने तपाईं पूर्णरुपले गलत हुनु हुन्छ ।

 

फलफुललाई मिलाएर फ्रुट सलाद बनाउँदै हुनु हुन्छ कि तरकारीहरुलाई मिसाएर भेजिटेबल सलाद ? सलादमा धेरै किसिमका तरकारीहरु मिसाइन्छ, जसका कारण यसमा फाइबरको मात्रा धेरै हुन्छ । सलाद खानाले तपाईंको भोक शान्त हुन्छ । त्यसैले सलाद भोजनका साथ खानु भन्दा खाना खानु आधा अथवा एक घण्टा अगाडि नै खानु पर्छ ।

 

यसो गर्दा तपाईंले भोजनको साथमा कम भात अथवा रोटी खानु हुन्छ, जसका कारण तपाईंको वजन नियन्त्रणमा रहन्छ फूड एक्सपर्टहरुका अनुसार सलादको रुपमा प्रयोग हुने तरकारीमा पहिलबाट नै सोडियम हुन्छ, त्यसैले त्यसमा नुन मिसाउनु हुँदैन । यदि तपाईंले सलाद माथिबाट नुन छर्कनु भयो भने सलादबाट प्राप्त हुने पोषक तत्व नष्ट हुन्छ । सलादमा नुन हालियो भने त्यसबाट धेरै पानी निस्कन्छ ।

सलाद खानुका फाइदा
-सलादमा क्यालोरी धेरै कम हुन्छ भने पोषक तत्वहरुको मात्रा धेरै हुन्छ । यदि तपाई आफ्नो वजन कम गर्ने सोच्दै हुनु हुन्छ भने तपाईंले नियमित रुपमा सलाद खान शुरु गर्नु पर्छ ।

-यदि तपाईंको इम्यूनिटी अर्थात रोगसंग लड्ने क्षमता बलियो भयो भने कुनै पनि रोग लाग्न पाउँदैन । त्यसैले आफ्नो इम्यूनिटीलाई बलियो बनाउनका लागि सलाद सेवन गर्नु राम्रो उपाय हो । सलादमा समावेश एन्टि(अक्सिडेन्टले तपाईको इम्यूनिटी पावरलाई बलियो बनाउँछ ।

 

-सलाद खाएपछि तपाईंलाई निश्चित रुपमा पेट भरिएको महसुस हुन्छ, तर सलाद खानाले पेट फुल्ने समस्या हुँदैन । यसका साथै सालद खानाले भारीपन अथवा अल्छि लागेको जस्तो महसुस हुँदैन । यसबाहेक सलादमा फाइबर पर्याप्त मात्रामा हुन्छ ।

 

-नियमित रुपले सलाद खानाले तपाईंको आँखाको ज्योती तेजिलो हुन्छ । सलादमा प्रयोग हुने तरकारीहरु विशेष गरेर पालुङ्गो भिटामिन एले भरिपूर्ण हुन्छ, जुन आँखाका लागि फाइदाजनक हुन्छ ।

 

-सलादमा काँचो तरकारीको प्रयोग हुने भएकाले तपाईंले ती तरकारीहरुलाई सफा पानीले पखाल्नु अति नै आवश्यक छ । ती तरकारी अथवा फलफुललाई राम्रोसंग पखालिएन भने तिनीहरुको माथिल्लो सतहमा रहेका ब्याक्टेरियाहरु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् ।