सुनाखरी न्युज/ काठमाडौं । तपाईं विवाहित हुनुहुन्छ या सम्बन्धमा हुनुहुन्छ ? यदि यी दुईं मध्ये कुनै एक हो भने,यो लेख तपाईंको लागि विशेष हुन सक्छ । आज हामीले प्रेमी–प्रेमिका होस् वा श्रीमान्–श्रीमतीले सम्बन्धमा हुँदा ध्यान दिनुपर्ने विषयमा चर्चा गर्न गइरहेका छौँ ।
पुरुषका केही बानी हुन्छन् जुन महिलालाई मन परिरहेको हुँदैन, कति महिलाहरूले पार्टनरका यस्ता बानीबारे खुलेर बताउँछन् र सम्बन्धमा सुधार हुनसक्छ, तर कतिपय महिलाले भने यस्ता बानी मन नपरेर सम्बन्धमा ब्रेक लगाउने गर्छन् । यदि तपाईं विवाहित हुनुहुन्छ वा प्रेमिका हुनुहुन्छ भने यी कुराहरूमा विशेष ध्यान दिनुपर्छ, जसले गर्दा सम्बन्ध टुटन दिनुको सट्टामा अझ राम्रोसँग अगाडि बढ्न सकोस् ।हुन त पुरूष र महिला शारीरिक रूपले भिन्न हुन्। शारिरीक रूपले मात्र हैन मानिसक रूपले पनि महिला र पुरूषमा धेरै भिन्नता हुन्छ ।
तर प्रेमी–प्रेमिका होस् वा श्रीमान्–श्रीमती, हरेक सम्बन्धमा दुवै पक्षबाट सहमति हुनु जरुरी छ । सम्बन्धलाई मजबुत, सुमधुर बनाइराख्न एकले अर्काको विचारको सम्मान गर्नु जरूरी छ । जब महिला र पुरूष ‘रिलेशनसीप’ मा जान्छन्, त्यतिबेला महिलाले पुरूषको (पार्टनरको) केही कुराहरू ख्याल गरिरहेका हुन्छन् । जसमा आनीबानी, व्यवहार, बोल्ने शैली, सोचलगायत । कतिपयले ती कुराहरू मन नपर्ने पाइएको खण्डमा सम्बन्ध बलियो बन्नुको सट्टामा कमजोर बन्न सक्छ । यही नराम्रो बानी सम्बन्धममा खटपटको कारण बन्न सक्छ ।
यी हुन् महिलाले मन नपर्ने पुरूषका पाँच बानी
भावनात्मक वेवास्ता
महिलाहरु प्रायः आफ्नो पार्टनरले उनीहरुको कुरा सुनेको, उनीहरुलाई सहानुभूति दिन र उनीहरुलाई भावनात्मक रुपमा सहयोग गरेको चाहन्छन् । तर पुरूषहरूले यी कुराहरूलाई बेवास्ता गरेर बुझ्ने प्रयास गर्दैनन् । गरेपनि उनीहरूले बुझेर भन्दा पनि भनेर गर्ने खालका हुन्छन् । सबै पुरूषमा भावानात्मक यस्ता गुण हुँदैन भन्न खोजेको हैन, तर धेरै पुरूषहरूले यी कुराहलाई त्यति महत्व दिएको हुँदैन, पाइँदैन । जब महिलाहरूले यी कुराहरू व्यक्त गर्न खोजिरहेका हुन्छन्, त्यतिबेला पुरूषहरू बुझ्न असमर्थ हुन्छन् । जसका कारण महिलाहरु निराश हुन सक्छन् । पुरुषले लगातार यसो गरेमा सम्बन्ध पनि टुट्न सक्छ । त्यसैले पुरूषले यो कुरामा विशेष ध्यान दिनुपर्छ र महिलाहरूलाई भावनात्मक रूपमा समर्थन गर्नुपर्छ।
जिम्मेवारी लिने कुरामा गम्भीर नहुनु
हुन त नेपाली समाज पुरूषप्रधान समाज हो । यहाँ निर्णय लिने कुरामा पुरूष नै अगाडि हुन्छ । घरभित्र होस् या घर बाहिर पुरूषले नै सबै जिम्मेवारी सम्हालिरहेका हुन्छन् । तर यसको मतलब महिलाहरू जिम्मेवारी लिन नसक्ने भन्ने हुँदे हैन । जिम्मेवारी लिने कुरामा पुरूषको तुलनामा महिलाहरू झन् बढी गम्भीर हुने गर्छन् । समाजले पुरूषलाई घरभित्र र बाहिर निर्णय लिने व्यक्ति बनाएपनि धेरै कुरामा पुरूषले बच्चापन देखाइरहेको हुन्छ । घरयासी काममा आफ्नो पार्टनरले आवश्यक परे र घरेलु काममा सहयोग गरेको होस् भन्ने महिलाहरू चाहान्छन् तर सहयोग नगरेमा महिलालाई त्यो कुरा मन पर्दैन । उदाहरणको लागि बजार जाँदा पार्टनरले श्रीमतीले भनेका कुरा नल्याउँदा श्रीमतीलाई खल्लो लाग्न सक्छ । भान्छाघरमा श्रीमती काम गरिरहँदा श्रीमान सघाउनुको सट्टा सामाजिक सञ्जालमा झुन्डिरहने बानी पनि श्रीमतीलाई मन पर्दैन । धेरै पुरूषले आफ्नी श्रीमतीलाई घरको काममा मद्दत गरिरहेका पनि हुन्छन् साथै उनीहरूको सम्बन्ध कति राम्रो हुन्छ ।
कडा स्वभाव
कुनै पनि सम्बन्ध प्रेममा चल्छ , झर्कोफर्को या रिसमा हैन । धेरै पुरूषहरू सम्बन्धको सुरूवातमा कडा भावना भन्दा नरम भावना देखाउने र सम्बन्धमा बसेको केही समयपछि त्यही पुरानै बानी जस्तै कडा स्वभाव, झर्किने, कुनै पनि कुरा सेयर नगर्ने स्वभाव देखाउने गर्छन् । कतिपय महिलालाई तपाईको यस्तो व्यवहार मन पर्दैन र उनीहरु तपाईसँग भावनात्मक रुपमा जोडिरहन तयार हुँदैनन् सक्दैनन् । त्यसैले सम्बन्धमा सधैं खुला रहनुहोस् र कुनै पनि परिस्थितिलाई मायाले ह्यान्डल गर्नुहोस् ।
दोष दिनु
सम्बन्धमा एकले अर्कालाई दोष लगाउने बानी राम्रो हैन, यसले सम्बन्ध बिग्रन सक्छ । धेरै पुरुषले हरेक निर्णयमा महिलालाई दोष दिइरहेको हुन्छ । गल्ती हुँदा नि दोष, नहुँदा नि दोष लगाउने बानी कतिपयको हुन्छ, अझ कतिपय पुरूषले महिला केही नजान्ने, निर्णय लिन नसक्ने व्यवहार देखाउँछन् । यसले महिलालाई आफू हेपिएको, दबिएको महसुस गर्छन् । यदि तपाईं पनि त्यस्ता व्यक्तिहरू मध्ये एक हुनुहुन्छ भने तपाईंले सावधानी अपनाउनु पर्छ । धेरै महिलाहरूले उनीहरूको अनुभव, विचारलाई बेवास्ता गर्दा अपमान भएको महसुस गर्न सक्छन् । पुरूषहरूले यी कुरामा सुधार गर्नुहोस्, आफ्नो पार्टनरको विचारलाई सम्मान गर्नुहोस् । एजेन्सी