२०८१ पुष २९ , सोमवार

सिटिजन्स बैंकद्वारा थप पाँच नयाँ शाखा विस्तार

सुनाखरी न्युज/ काठमाडौं । विगत १७ वर्षदेखि सर्वसाधारणमाझ अनवरत रुपले सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप पाँच स्थानमा शाखा विस्तार गरेको छ।

 

बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ शाखा सञ्चालनमा ल्याएको हो। योसँगैे बैंकको १८८ वटा शाखा सञ्चालनमा आएका छन्।

 

प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन्। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

 

बैंकमा अयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीलाई बधाइ तथा शुभकामना ब्यक्त गर्दै मर्यादित ढंगबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा–सुबिधा उपलब्ध गराउन निर्देशन दिएका छन्। सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४३ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।