२०८१ माघ २ , बुधवार

वडा नं ४ मा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न

सुनाखरी न्युज/  पोखरा । पोखरा महानगरपालिका वडा नं ४ को वडा स्तरीय बाल मञ्चको आयोजना र पोखरा महानगर वडा नं ४ को समन्वयमा वडा नं ४ मा बालबालिकाको क्षमता अभिवृद्धिको लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भयो ।

 

बालबालिका सँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत सम्पन्न प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना एलजिना राई ( फेवा पब्लिक विद्यालय ), फियोना गुरुङ ( पश्चिमाञ्चल विद्यालय ), क्षितिज अधिकारी ( फेवा पब्लिक विद्यालय ), आयुस पराजुली ( केफ माध्यमिक विद्यालय ) र आरोण बाबू लिगल ( गुरुकुल विद्यालय) रहेका छन् । उहाँहरुले रु ४०००,३०००,२००० र १००० सहित प्रमाणपत्र प्राप्त गरेका छन् । वडा अध्यक्ष देवकृष्ण पराजुलीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताउनुभयो ।

 

विद्यालय स्तरिय चित्रकला प्रतियोगिताका वडा सदस्य प्रकाश कोईरालाले विद्यालयको शिक्षाले मात्र नहुने भएकोले यस्ता प्रतियोगिता आगामि दिनमा पनि प्रतियोगिताहरु गरिरहने बताउनुभयो । वडा सदस्य पार्वती माकाजु, विष्णुमाया परियार लगाएतले बालबालिकाहरुको लागि विभिन्न प्रतियोगिताहरु भइरहनु पर्ने र वडा बाल मञ्च र बाल संरक्षण समितिको आग्रह अनुसार नै आगामि कार्यक्रमहरु हुने बताएका छन् । प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकोले पुरस्कृत नभए पनि आफ्नो सिर्जना गरिरहनु पर्ने बताउनुभयो । प्रतियोगितामा वडा नं ४ का २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी सबैलाई आर्ट पेपर र पेष्टल कलर आयोजकले उपलब्ध गराईएको थियो ।

 

अन्य निर्णायकमा वडा बाल मञ्चको सल्लाहकार स्वईच्छा सुबेदि र पत्रकार कलाकार ज्योति हमाल हुनुहुन्थ्यो । वडा बाल मञ्चको अध्यक्ष सुयोग कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव एलिसा पराजुलीले गर्नुभएको थियो ।