२०८१ मंसिर १२ , बुधवार

दक्षिण अफ्रिकामा ग्यास लिक हुँदा १६ जनाको मृत्यु

सुनाखरी न्युज / काठमाडौं  –  दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो । नाइट्रेट अक्साइड ग्यास गैर कानुनी खानी क्षेत्रहरुमा प्रयोग हुने गर्छ। जामा जामा  भनेर चिनिने सो क्षेत्रमा पुराना खानीहरुबाट चोरी गरि ल्याएका माटोबाट सुन निकाल्न प्रयोग हुन्छ ।

 

स्थानीय अधिकारीहरुका अनुसार एउटा ग्यास सिलिन्डर ठूलो जनसंख्या भएको बोक्सबर्गको एनगोलफ स्यान्ती शहरमा लिक भएको जनाइएको छ। पीडितहरु सिलिन्डर पाइएको १०० मिटरको रेडियसमा भेटिएका हुन्। ग्यास चुहावट भएपछि श्वास फेर्न नसकेर उनीहरुको मृत्यु भएको हो।

 

बीबीसीका अनुसार नाइट्रेट अक्साइड ग्याँस सुनको अवैध उत्खनन र प्रशोधन गर्नेहरुले प्रयोग गर्दछन् र यसलाई जामा जमास भनिन्छ ।बोक्सबर्गको बाक्लो बस्ती भएको क्षेत्रबाट नाइट्रेट अक्साइड ग्याँस लिक भइरहेको एक सिलिण्डर बरामद भएको छ । मृतकहरु सबै सोही क्षेत्रको एक सय मिटर वरपरको क्षेत्रका हुन् ।अधिकारीहरुले अरुको पनि ज्यान गएको हुन सक्ने अनुमान गरेका छन् ।