२०८१ मंसिर १० , सोमवार

यस्ता छन् स्वास्थ्यको लागि माछा खानुका फाइदाहरु, जानी राखौ

सुनाखरी न्युज  / काठमाडौं –  यदि तपाई मांशाहारी हुनुहुन्छ भने माछा खानु निकै स्वास्थ्यवर्धक मानिन्छ । अन्य मासुहरुको तुलनामा माछाको सेवन कयौं गुणा राम्रो मानिन्छ । माछामा भिटामिन, मिनिरल र पोषण भरपुर मात्रामा पाइन्छ।  यसका साथै प्रोटिन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन कम्प्लेक्स, क्याल्सियम जस्ता गुण पनि पाइन्छ। कम बोसोयुक्त स्वास्थ्यवर्धक माछा सातामा एक पटक खाँदा मात्र निकै धेरै लाभ पाउन सकिन्छ।

 

यसले शारीरिक, मानसिक र मुटुको स्वास्थ्यका लागि फाइदा पुर्याउँछ। माछामा भिटामिन डी पनि पाइने भएकाले घाम बाहेक भिटामिन डी को लागि अर्को उत्तम विकल्प हो।  जसले निद्रालाई नियमित गर्दछ। माछामा ओमेगा–३ र फ्याटी एसिड हुन्छ। यसले मुटुको धमनी स्वास्थ्य र सुचारु राख्न सहयोग गर्छ।

 

माछा सेवनका फाइदा-
– यदि कसैलाई उच्च रक्तचापको समस्या छ भने माछा सेवन गर्नु निकै फाइदाजनक हुन्छ।माछा खनाले उच्च रक्तचापलाई नियन्त्रण गर्न धेरै मद्दत गर्छ ।
– माछा सेवनले शरीरमा कोलोस्टोरको स्तर कम गर्न मद्दत गर्छ।
– माछाको सेवनले कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्याउँछ ।

– यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खनाले छिट्टै रिकभर हुन्छ ।
–यदि तपाईं सधैं निरास देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने परिवर्तन आउन थाल्छ ।
– माछा खाने गर्नाले निद्रा अत्यन्त राम्रो हुँदै जान्छ । जसले गर्दा तनावमा भए पनि मस्तिष्कले आराम पाउँछ ।

– माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निगाहा हुन्छ र डन्डिफोर आउने डर हुँदैन ।
– शरीरमा कोलेस्टेरोल घटाउन मद्दत गर्छ ।
– माछाले गर्भवतीका लागि आवश्यक भिटामिन, मिनिरल, पोषणको पूर्ति गर्छ।

– माछाको सेवनले मस्तिष्कलाई सधैँ ताजा र तेज राख्न मद्दत गर्दछ।
– माछामा प्रशस्त भिटामिन डी पाइने भएकोले क्याल्सियमका कारणले शरीरका हड्डी मजबुत बनाउने काम गर्छ।