२०८१ माघ २ , बुधवार

एसईई परीक्षामा लमजुङका ४ परीक्षार्थीले ल्याए ३ दशमलव ९५ जीपीए

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड बाट संचालित २०७९ को एसईई परीक्षामा लमजुङका ४ जना परीक्षार्थीले सवैभन्दा बढी  अंक ३ दशमलव ९५ जीपीए ल्याएका छन् ।

 

सामुदायिकतर्फ ३ विद्यालयका परीक्षार्थी र निजी तर्फ एउटा विद्यालयका परीक्षार्थीले ३ दशमलव ९५ जीपीए ल्याएका हुन् । ३ दशमलव ९५ जीपीए ल्याउनेमा एक छात्रा परीक्षार्थी र ३ जना छात्र परीक्षार्थी छन् । ३ दशमलव ९५ जीपीए ल्याउने छात्रा परीक्षार्थीमा सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित ग्लोबल भिजन अंग्रेजी माध्यमिक विद्यालयका आशिका थापा रहनुभएको छ । उहाँ निजी विद्यालयमा लमजुङबाट ३ दशमलव ९५ जीपीए ल्याउने एकमात्र परीक्षार्थी समेत हुनुहुन्छ । सामुदायिक तर्फका ३ दशमलव ९५ जीपीए ल्याउने ३ जना नै छात्र परीक्षार्थी हुनुहुन्छ ।

 

सामुदायिकतर्फ बेंसीशहर नगरपालिका २, भकुण्डेस्थित बाल कल्याण माविका किस्मत अधिकारीले ३ दशमलव ९५ जीपीए ल्याउनुभएको छ । यस्तै, सुन्दरबजार नगरपालिका ६, बरेटारस्थित आदर्श बाल माविका सन्देश पाण्डेले ३ दशमलव ९५ जीपीए ल्याउनुभएको छ । मध्यनेपाल नगरपालिका ४, रम्घास्थित भैरवकाली माविका सुशान्त अधिकारीले पनि ३ दशमलव ९५ जीपीए अंक ल्याउनुभएको छ ।