सुनाखरी न्युज/ काठमाडौं ।
कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले साढे २८ किलो गन्धकसहित एक जनालाई पक्राउ गरेको छ ।गन्धक बारुद तथा विस्फोटक पदार्थ बनाउन प्रयोग हुन्छ ।
पक्राउ पर्नेमा भारत घर बताउने ४२ वर्षीय शिवा गुप्ता रहेको प्रहरीले सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले नियन्त्रणमा लिएको हो ।
उनले के प्रयोजनका लागि गन्धक ल्याएको हो भन्ने पत्ता लागेको छैन । गुप्तालाई बरामद गन्धक तथा साइकलसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाएको थापाले बताए ।