२०८१ मंसिर ५ , बुधवार

व्रह्मतन्त्र ” ॐ तत सत ” मा प्रवेश गरि इश्वर अनुभुती गरौं, जिबन र जगत लाइ समृद्ध बनाऔं

Kiran Giri 450300

किरण गिरी । मानव जीवन र जगत लाइ अब हामीले नवीन ढंगले अगाडि बढाउनु जरुरी छ । चेतना र पदार्थ संसारका अजर र अभिभाज्य तत्व हुन् । संसारको श्रृष्टी , स्थिति र संहार तिनै अवस्थामा अपसरित , विचरित र अवतरित सवै जीवात्माहरूमा चेतना र पदार्थ तत्व विराजमान छन ।

चेतनालाई सर्वोपरि सोच्नेहरू बढीमात्रामा आध्यात्मिक पक्षलाई अंगाल्न पुग्दछन्। देहावसान पछि सूर्यलाई चुम्दछु भन्ने तृष्णा राख्दै साधनाको आसनमा शाव्दिक शैया निर्माण गरेर बारम्बार कराउने, चिच्याउने र बरबराउने आध्यात्मिक पक्षधरहरू साधनाको सही सूत्रको पहिचान गर्न नसक्दा तथा प्राप्त साधनासूत्रलाई नियमित अभ्यास नगरी तथास्तुको प्रतिक्षा गर्दा हामी र मानव जाती धर्तीकै गुफा र कन्दरामा घुमिरहे , रूमल्लिरहेका छौं र छन । ॐ तत सत ।

भौतिक चेतनाका पक्षधरहरू स्वःको देहसुखानुभूतिलाई सर्वोपरि ठान्दै दुखद आसनमा भोगाशक्तिको शैया निर्माण गरी मन मष्तिष्कलाई सकृय पार्दै स-शरिर चन्द्रमामा घुमेर-चुमेर मंगलग्रहमा बस्ति बसाल्ने योजना बनाउन तल्लिन रहिरहेका छन्
सनातन देखी वर्तमान सम्म सत्तासिन , गद्धीसिन शाशकहरूमा षडयन्त्रका तान्त्रिक र वैदिक विभिन्न अवयवहरूका स्वः अनुकुल शैलीहरूलाई प्रतिकूल प्रभावपार्ने गरी खण्डिकृत प्रयोग गर्दा व्रह्मवीज जिवात्मा र जिवात्माहरूको वासस्थान संसारले नै भ्रमित र अस्थिरता निरन्तर व्यहोरिरहनु परेको यथार्थ जग जाहेरै छ । परिणामतः व्रह्मवीजहरूलाई धर्तिमा प्राप्त दुर्लभ अवसर भोग विचरणावधीलाई सुव्यवस्तित गराउने सवल व्रह्मतन्त्रको प्रयोग र उपयोग गर्ने राजनीतिक पद्धति , प्रकृयाले निर्माण गरेको चेतनागत भौतिक प्रणालिका बारेमा संसार वेखवर बन्न पुग्यो ।
व्रह्मतन्त्रको प्रयोग र उपयोग गर्ने राजनीतिक पद्धति , प्रकृयाले निर्माण गरेको चेतनागत भौतिक प्रणालि भनेको शाशन -प्रसाशन, अनुसासन र व्यवस्थापन हो । व्रह्मतन्त्रको सवल प्रयोगका लागि सुकृत्य अनुकुल परिणाम हॅासिल गर्न मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेष र उच्चाटन गराउने छ ।
ॐ तत सत ।

यसर्थ, अहिले सबैको ध्यान देह सुखको पूर्वाधार विकासमा मात्रै छ। आत्मिक विकासमा त कसैले सोचेकै छैन। ॐ तत सत ।
आज हामी सर्वोच्च चेतनधारी जीवात्मा मानव जति बिग्रिंदै भत्कँदै गएका छौं, त्यति नै जीवन र जगतलाई पनि बिगार्दै लगेका छौ । बेवास्ता गरेपछि, छोडेपछि जो पनि बिग्रिन्छ। बाटो बिराउनेहरूलाई सँगेल्ने, कर्तव्यमा लगाउने हामी सबैको दायित्व र कर्तव्य हो। महासंग्रामको भय र त्रासमा रूमल्लिरहेको यो जगतलाई सुखद र शान्त बनाउन षडयन्त्र होईन व्रह्मतन्त्रको ” ॐ तत सत ” स्थापना , संचालन र व्यवस्थापन को प्रयोगमा जोड दिनु प्रथम अपरिहार्यता देखिन्छ । ॐ तत सत को सुत्र मा प्रवेश गरि हरेक श्वासप्रश्वास मा इश्वर अनुभुती गर्न सक्यौं भने यश बाट मात्र आजको मानव जीवन र जगत को स्थिरता , शान्ति र समृद्धि सम्भव छ । म , मेरो आत्मा र मेरो परमात्मा ” ॐ तत सत ” ।

लेखक , गिरी नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य तथा महासमिति सदस्य हुन ।