२०८१ पुष १३ , शनिवार

विश्वकै पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जेनेभामा

सुनाखरी न्युज /  काठमाडौं –  विश्वको पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जुलाई ७ शुक्रबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना गरिएको छ । यस सम्मेलनमा कुल ९ मानवीय रोबोटले भाग लिएका थिए । पत्रकार सम्मेलनमा कुल ९ वटा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले युक्त मानवस्वरुप रोबोट  ह्युमनोइड रोबोटहरु सहभागी भएका थिए ।

 

ती रोबोटहरुले पत्रकारद्वारा सोधिएका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।सम्मेलनमा पत्रकार र रोबोटबीच प्रश्नोत्तर चेलको थियो । मिडिया रिपोर्टका अनुसार रोबोट र तिनका निर्माताहरू जेनेभामा पहिलो पटक पत्रकार सम्मेलनको लागि सँगै आएका थिए । यस सम्मेलनलाईएआई फर गुड भनिएको थियो । यी रोबोट नयाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि प्रयोग गरेर निर्माण गरिएको हो । भविष्यमा संयुक्त राष्ट्र संघले रोबोटहरूलाई मानिसको रोग र भोक जस्ता समस्याहरू समाधान गर्न मद्दत गर्न प्रयोग गर्ने योजना बनाएको छ । रोबोटसँगको प्रश्न–उत्तर भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

 

उक्त सम्मेलनको प्रश्नोत्तरको भिडियो पनि सोसल मिडियामा सार्वजनिक भएको छ । पत्रकारहरुले गरेका प्रश्नहरुको जवाफमा निलो नर्स पहिरन लगाएको ग्रेस नामक मेडिकल रोबोटले आफुले मानव सहायकको भूमिका निभाउने बाचा गरेको छ । साथै आफूले कुनै पनि काममा समस्या पैदा नगर्ने आश्वासन पनि दिएको छ । ग्रेसका निर्माता बेन गोएर्टजेलले पनि आफ्नो आबाजबाट उक्त बाचाको पुष्टि गर्ने कोसिस गरेका थिए र आफू यो कुरामा विश्वस्त रहेको बताएका थिए ।

 

डेस्डीमोनाले संसार खेल मैदान भएको बताउँदै आफूलाई सीमितताको साटो सम्भावनामा विश्वास गर्ने रोबोटको रूपमा वर्णन गरेकी थिइन् । सोफिया रोबोटले रोबोटले मानिसभन्दा सिकाउन सक्ने दावी गरेकी थिइन् । उनले प्रभावकारी रूपमा काम गर्न र मानवसँग सहयोग गर्न सक्ने बताएकी थिइन् ।