२०८१ मंसिर १० , सोमवार

वीर अस्पतालको ओपीडी बिहान ८ बजेदेखि खुल्ने

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं । वीर अस्पतालको ओपीडी सेवा साउन १ गतेदेखि बिहान ८ बजेदेखि नै खुल्ने भएको छ । यसअघि ९ देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी अब ८ देखि ४ बजेसम्म खुल्ने भएको हो ।

 

बिरामीको चापलाई ध्यानमा राख्दै चिकित्सकहरूले बढीभन्दा बढी समय अस्पताललाई दिउन् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । प्रशासन र सम्पूर्ण विभागका ओपीडी ८ बजे नै खुल्नेछन् । ल्याब परीक्षण सेवा भने बिहान ७ बजेदेखि नै सञ्चालन हुनेछ । त्यस्तै, अल्ट्रासाउण्ड र जटिलबाहेकका अवस्थाको सीटी स्क्यान पनि एकै दिनमा गरिने डा. पौडेलले बताए ।

 

वीरमा साउन अन्तिम सातादेखि जलन वार्डसमेत सञ्चालन गर्ने तयारी भएको छ । साविकको न्यूरो सर्जरी आयसीयूलाई जलन आइसीयूको रूपमा परिणत गरी साउन अन्तिम सातादेखि सञ्चालन गर्न लागिएको डा. पौडेलले बताए ।