२०८१ पुष २७ , शनिवार

टमाटरका यति धेरै फाइदा

सुनाखरी न्युज  / काठमाडौं –  गोलभेँडा (टमाटर)लाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ। यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ। यसलाई सलादको रुपमा पनि खाने गरिएको छ। टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक हुन्छ। बिरामी र कमजोर व्यक्तिलाई यसको सुप बनाएर खुवाउँदा लाभदायक हुन्छ। टमाटरको रस छालाकालागि  पनि राम्रो मानिन्छ। यसले छालालाई सफा र नरम बनाउन मद्दत गर्छ।

बिभिन्न अध्ययनले टमाटरमा क्यान्सर प्रतिरोधात्मक तत्व रहेको पुष्टिसमेत गरेका छन्।  तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन । टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ ।

 

-काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ।

-गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।

 

-विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।

– प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ ।

 

-बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।

-मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ ।