सुनाखरी न्युज / काठमाडौं – चीनको गुङडङ प्रान्तको एक किन्डरगार्टेनमा चक्कु प्रहार गरि ६ जनाको हत्या गरिएको छ। सो घटनामा एकजना घाइते भएका छन्। स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो ।
४८ वर्षीय संदिग्ध फरार छन् । संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’, प्रहरी विज्ञप्तिमा भनिएको छ ।मृत्यु भएकाहरुमा एकजना शिक्षक, दुईजना अभिभावक र तीनजन विद्यार्थी रहेका छन्।
चीनमा यसप्रकारका हिंस्रक अपराध निकै दुर्लभ मानिन्छ। तर पछिल्लो समय हिंस्रक अपराधका घटना केही बढेको छ। गत वर्ष अगस्तमा पनि किन्डरगार्टेनमा चक्कु प्रहार गरि तीनजनाको हत्या गरिएको थियो।