२०८१ पुष २७ , शनिवार

प्रसूति तथा स्त्रीरोग अस्पतालमा ५५ औँ शिशु प्रदर्शनी हुने , गरियो आवेदन आह्वान

सुनाखरी न्युज  / काठमाडौं –  प्रसूति गृहमै जन्मेका एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी गराइने छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शिशु प्रदर्शनी गर्ने भएको छ । अस्पताल आउँदो भदौ १ गते ५९औँ शिशु प्रदर्शनी गर्ने भएको हो ।

 

अस्पतालका नासु तथा शिशु प्रदर्शनीका संयोजक राजु वैष्णवले आफ्ना शिशुलाई प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले गर्भावस्थामा जाँच गराएको कार्ड  एन्टिनेटर कार्ड, शिशुको जन्म प्रमाणपत्र, खोप कार्ड र तस्बिरसहित अस्पतालमा दरखास्त दिन सक्ने बताए । त्यसका लागि असार १३ देखि साउन १२ गतेसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ ।

 

जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ । प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले असार २५ गतेदेखि साउन २४ गते सम्म दरखास्त दिनुपर्ने हुन्छ । प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ २० गते अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने छ ।