२०८१ आश्विन ७ , सोमवार

पूर्व मिस नेपाल नीति शाह अभिनय सिक्न पुगिन मुम्बई

पूर्व मिस नेपाल नीति शाह यतिबेला मुम्बई पुगेकी छन् । अभिनय  सिक्न उनी मुम्बई पुगेकी हुन् ।  ‘अभिनय निखार्न, आफ्नो कौशल र आत्मविश्वासमा धेरै काम गर्नुपर्ने भएकाले अभिनयबारे थप सिक्न र जान्न मुम्बई आएको छु’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

 

एक समय नीतिले धेरै फिल्मको अभिनय प्रस्ताव नकारिन् । अहिले उनी काम गर्न चाहन्छिन् तर अभिनय गर्ने भनेको फिल्मको काम अगाडि बढ्न सकिरहेको छैन । उनले सम्झौता गरेका सबै फिल्म केही न केही कारणले रोकिएको छ । नीतिले केही अगाडि अभिनय गर्ने भनेको फिल्म ‘हुतुतु’ अहिले बन्ने नबन्ने केही ठेगान छैन । त्यसपछि जोडिएको ‘एक्स ९’ को अवस्था पनि त्यस्तै हो ।

 

गत फागुनमा उनी तेस्रो फिल्मको रुपमा ‘कामिनो’ मा जोडिएकी थिइन् । केही हप्ता कार्यशालामा सहभागी भएपनि काम अगाडि नबढेकोले उनले फिल्मबाट हात झिकेकी छन् । फिल्म छाडेपछि उनी अहिले अभिनय सिक्नका लागि मुम्बईतिर हानिएकी छन् । त्यहाँ उनले अनुपम खेरको एक्टिङ स्कूलमा अभिनयको कोर्ष गर्ने बताइएको छ ।