२०८१ आश्विन ७ , सोमवार

‘अदृश्य’को ‘एक चोटि’ सार्वजनिक

१९ साउनबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को पहिलो गीत ‘एक चोटि’ सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरी र रीस्ता बस्नेतको अभिनय देख्न सकिन्छ ।

 

गीतमा अग्रहरी र बस्नेत रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । विशाल पौडेलको शब्द तथा संगीत रहेको गीतमा संगीतकार पौडल र सीमा सङ्ग्रौलाको स्वर छ । प्रह्लाद काफ्लेको डेब्यु निर्देशन रहेको फिल्म ‘अदृश्य’ मिना बस्नेत र उमारुद्रा काफ्लेले मिलेर निर्माण गरेका हुन् । फिल्मका सहनिर्माता रविन अधिकारी र रिकेश खत्री हुन् ।

 

पीताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रमोद र रिस्ताका अलवा सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेल लगायतका कलाकारको अभिनय छ ।

 

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको फिल्म आरआर फिल्मस्ले वितरण गर्दै छ ।