२०८१ पुष २७ , शनिवार

गर्भावस्थापछि पेटमा जम्मा भएको बोसो कसरी घटाउने ?

सुनाखरी न्युज/ काठमाडौं । गर्भावस्थापछि महिलाहरूको पेटमा बोसो बन्नु सामान्य हो । त्यसैले, आफ्नो खानपानमा केही खानेकुराहरू समावेश गरेर पनि तपाईंले गर्भावस्थापछि लागेको पेटको बोसोलाई कम गर्न सक्नुहुन्छ ।

 

कागती पानी
एक गिलास मनतातो पानीमा कागतीको रस मिसाएर खाली पेट बिहान सेवन गर्नाले टक्सिन्सहरू सफा हुन्छन् । त्यसैले, गर्भावस्थापछि जम्मा भएको पेटको बोसो पनि यसले कम गर्दै लैजान्छ ।

कम क्यालोरी फुड

गर्भावस्थापछिको पेटको बोसो कम गर्नका लागि तपाईं कम क्यालोरी भएको खानेकुराहरू खानुहोस् । त्यसैले, खानामा कम क्यालोरी भएको खानेकुरा जस्तै पालक, ब्रोकाउली, दही, चुकन्दर, गाजर आदि समावेश गर्नुहोस् ।

 

ग्रिन टी

पोषक तत्वहरूले भरपूर ग्रिन टीको सेवनले पनि पेटको बोसो कम गर्न सकिन्छ । यो चियामा एन्टीअक्सिडेन्ट्स गुण भरपूर मात्रामा हुन्छ जसमा एकदमै क्यालोरी पनि कम हुन्छ । त्यसैले यसले बोसो कम गर्न सहयोग गर्छ ।

फलफूल

धेरैजसो फलफूलमा भरपूर मात्रामा पोषकतत्त्व तथा पानीको मात्रा हुन्छ । अत्यधिक फलफूलमा क्यालोरी पनि अन्य खानामा भन्दा कम हुन्छ । त्यसैले, यसलाई नास्ता तथा सानो भोकमा खान सक्नुहुन्छ ।

मेथी पानी

पेटको बोसो घटाउनका लागि मेथीको बीजलाई पानीमा भिजाएर त्यसको पानी पिउनु पनि एकदमै फाइदाजनक हुन्छ । यसका लागि मेथीका बीजलाई पानीमा उमालेर त्यसलाई रातभर भिजाउनका लागि राख्नुहोस् र बिहान खालिपेट उक्त पानी छानेर पिउनुहोस् ।

ज्वानो पानी

ज्वानोमा चाहिने पोषक तत्त्वहरू सबै पाइन्छ । विशेषगरी, महिलाहरूले, यसलाई सुत्केरीको अवस्थामा पनि पिउने गर्छन् । तर, तपाईं पछि गएर पेटमा लागेको बोसो कम गर्नका लागि पनि यो पानीको सेवन गर्न सक्नुहुन्छ ।एजेन्सी