२०८१ पुष २९ , सोमवार

सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गतरु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।

 

 

यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजकोहकवाला क्षितिज आले लाई रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गर्नुभयो। स्वर्गीय भुमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोल्नु भएको थियो ।

 

सानिमा बैंकले दिर्घायु बचत तलब खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाख सम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजार सम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजार सम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु.५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

 

रासस