२०८१ मंसिर १२ , बुधवार

पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या

सुनाखरी न्युज /काठमाडौं –  बेङलुरु निजी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशकको सोही कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले हत्या गरेका छन् ।

 

एरोनिक मिडिया प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिईओ विनु कुमार र प्रबन्ध निर्देशक ९एमडी० पानिन्द्र सुब्रमण्यको पूर्वकर्मचारीले तरबार प्रहार गरेर मारेका प्रहरीले बताएको छ ।

 

प्रहरीका अनुसार फेलिक्स भनेर चिनिने अभियुक्त पूर्वकर्मचारीले एरोनिक मिडियाको कार्यालयमा पसेर आफ्ना पूर्वहामिमाथि तरवारले प्रहार गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनीहरूको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । घटानपछि फरार आक्रमणकारीको खोजी भइरहेको छ । रासस