२०८१ पुष २७ , शनिवार

निदानअस्पतालमा बिना शल्यक्रिया निकालियो आमाशयमा अड्किएको किला

सुनाखरी न्युज/ काठमाडौं । पुल्चोकस्थित निदान अस्पतालका चिकित्सकले बिना शल्यक्रिया आमाशयमा अड्किएको किला निकालेका छन्। निदान अस्पतालका बालरोग विशेषज्ञ डा. सुमित अग्रवाल नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको किला निकालेको हो।

 

महोत्तरीका एक पाँच वर्षिया बालकले झुक्किएर निलेको किलालाई बिना शल्यक्रिया र बिना कुनै चोट सफलतापुर्वक निकालिएको हो। किला निलेर आमाशयमा अड्किनु जटिल घटना भएको र सो किलालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि निकै सुरक्षित तरिकाले इण्डोस्कोपी गरी बिना शल्यक्रिया बालकको अमाशयबाट किला निकालेको डा.सुमित बताउछन् । डा.सुमितले बिना शल्यक्रिया किलानै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको दाबी गरे।

 

डा. सुमितले भने, ‘किला निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउ समेत लागेन।’ डा. सुमित नेतृत्वको टिमले निदानमा यसअघि बच्चाहरुले झुक्किएर निलेको चुम्बकसमेत बिना शल्यक्रिया नै निकाल्दै आएको अस्पतालका चिकित्सक संयोजक डा अनिमेष जोशीले बताए ।